Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पूर्व सहमतिअनुसार गृहमा रविको दावी ठिक : एमाले नेता लोहनी

पूर्व सहमतिअनुसार गृहमा रविको दावी ठिक : एमाले नेता लोहनी

  • शुक्रवार, माघ २० २०७९

  • 387
    SHARES

  • पूर्व सहमतिअनुसार गृहमा रविको दावी ठिक : एमाले नेता लोहनी

    काठमाडौं । नेकपा एमालेका नेता खेम प्रसाद लोहनीले आफ्नो पार्टी सरकारलाई सहज बनाउने काममा लागिपरेको बताउनुभएको छ ।
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लोहनीले अहिलेको सरकार राम्रोसँग चलोस भनेरै सकारमा सामेल भएको स्पष्ट पार्नुभयो ।

    देशमा अहिले समस्याका रुपमा रहेका राजनीतिक संस्कार, अर्थतन्त्रलगायत जति पनि बिग्रीएका निकायहरु छन् यी सबैलाई सहि मार्गमा ल्याउने काममा एमाले लागिपरेको दाबी गर्नुभयो ।

    सरकार बन्ने बेलामा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिने सहमती भएकाले अहिले रवि लामिछानेको दावी ठिक भएको नेता लोहनीको भनाइ छ ।

    उहाँले भन्नुभयो, पहिला सरकार गठनको समयमा जुन सहमती भएको थियो अहिले त्यहि सहमती बमोजिम नै अगाडि बढौं, गृह रास्वपालाई नै दिउँ भन्ने जायज कुरा हो । रास्वपालाई गृह दिने सहमती हो, अब रास्वपाले रवि लामिछानेलाई नै बनाउछ भने यो कुरा पार्टी कै हो । जायज पनि हो । ’

    नागरिकताको विवादसँगै राहदानीको पनि विवाद टुंगिएपछि पार्टीले जस्लाई गृहमा ल्याउछ उहि व्यक्ति हुने र यसमा विवाद गर्नुपर्ने केहि कारण नभएको पनि नेता लोहनीले बताउनुभयो ।

    यस्तै उहाँले सरकारको विकल्प खोज्नुपर्ने बेला नै नभएको बताउँदै अहिले कै सत्तागठबन्धनबीच सल्लाह र समाधान गरेर अगाडि बढ्नुपर्नेमन जोड दिनुभयो ।

    यस अघि एमाले अध्यक्ष केपी शर्मा ओलीलेपनि पूर्व सहमतिअनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने बताउनुभएको थियो ।

    गृहमन्त्रालय रास्वपालाई नै दिनपर्ने बताइरहनुभएका ओलीले हिजो बिहीबार विराटनगर पुगेर पनि सोही कुरा दोहोर्‍याउनुभएको हो । उहाँले यसअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेर गृह मन्त्रालय रास्वपालाई दिनपर्ने बताइसक्नुभएको छ ।

     


    शुक्रवार, माघ २० २०७९०७:४१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij