Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

फेरी व्यापक रुपमा बढेर आयो इन्धनको मुल्य, ल हेर्नुस नयाँ मुल्य

फेरी व्यापक रुपमा बढेर आयो इन्धनको मुल्य, ल हेर्नुस नयाँ मुल्य

  • बुधवार, माघ १८ २०७९

  • 396
    SHARES

  • फेरी व्यापक रुपमा बढेर आयो इन्धनको मुल्य, ल हेर्नुस नयाँ मुल्य

    काठमाडौँ। इन्धनको मूल्य फेरी व्यापक रुपमा बढेर आएको छ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो ।

    जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले जनाएको छ ।

    भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगम फेरि घाटामा गएको छ। स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ ।

    विगत ४ महिनासम्म निगम नाफामा रहँदै आएको थियो। विगतमा परेको घाटाका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ ।त्यस्तै आईओसीलाई बुझाउनुपर्ने करिब ११ अर्ब रुपैयाँ बक्यौता छ।

    अन्तर्राष्ट्रिय बजारमा विगत एक महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल करिब ८ अमेरिकी डलरले बढेको छ। अन्तर्राष्ट्रिय बजारमा बुधबार १ः२० बजे ब्रेन्ट कच्चा तेलको भाउ प्रतिब्यारेल ८५, डब्लूटीआईको ७९, मुर्बानको ८४ डलरमाथि कारोबार भइरहेको छ ।


    बुधवार, माघ १८ २०७९०१:४८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij