Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादीको केन्द्रको आजको बैठक स्थगित

माओवादीको केन्द्रको आजको बैठक स्थगित

  • बुधवार, माघ १८ २०७९

  • 411
    SHARES

  • माओवादीको केन्द्रको आजको बैठक स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रका आज वस्ने भनिएका दुवै बैठक स्थगित भएका छन।

    माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित भएको हो । नेताहरुको कार्यविभाजनबारे निर्णय गर्न बुधबार १२ बजे पदाधिकारी र १ बजे स्थायी समितिको बैठक बोलाइएको थियो ।

    माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले संसद बैठकका कारण पार्टीका बैठक स्थगित भएको जानकारी दिनुभयो। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ।

    उपाध्यायले अब पदाधिकारी बैठक नबस्ने र स्थायी समितिको बैठक भने भोलि ११ बजे बस्ने बताउनु भएको छ ।

    १२ माघदेखि सुरु भएको माओवादी स्थायी समिति बैठकले पार्टी एकता, संगठन बिस्तार र नेताहरुको कार्यविभाजनबारे निर्णय लिने बताइएको छ।


    बुधवार, माघ १८ २०७९१२:२४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij