काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय फेरि पाउनै पर्छ भनेर लिएको अडानले उनिहरुले नै दिएको शुसासनको नारा र अवस्था परिवर्तन गर्छौ भन्ने दाबीलाई नक्कली सावित गरेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले अमेरिकारले अहिलेसम्म रवि लामिछानेको नागरिकता अब समाप्त भएको भन्ने सुचना नेपाल सरकारका सुमन्नित निकाय, कार्यलयले माग गर्दा पनि नदिएको भन्ने बाहिरिएको अवस्थामा रवि लामिछानेले गृह मन्त्रालय पाउनैपर्छ भनेर गरेको अडान रहस्यमय भएको पनि स्पष्ट पार्नुभयो ।
नेता रावलले भन्नुभयो, ‘नागरिकता जस्तो राष्ट्रियतासँग जोडिएको अत्यन्तै संवेदनशील विषयमा मुद्दा चलिरहेको छ, अझ दोहोरो राहदानीमा मुद्दा टुंगिएकै छैन, मैले गृह मन्त्री नै पाउनुपर्छ भन्ने लामिछानेको दाबी रहस्यपूर्ण र षड्यन्त्रपूर्ण देखिन्छ ।’
नेपालको गृहमन्त्रालय जस्तो ठाउँमा यस्ता मुद्दा चलेका, दोहोरा नागरिकता भएका व्यक्तिलाई राखियो भने भोलि राष्ट्रिय सुरक्षालाई पनि कमजारे पार्ने खेल हुन संक्ने नेता रावलको आशंक रहेको छ । ।