Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा जिल्लाव्यापी खेलकुद सप्ताह हुँदै

काठमाडौंमा जिल्लाव्यापी खेलकुद सप्ताह हुँदै

  • मंगलवार, माघ १७ २०७९

  • 316
    SHARES

  • काठमाडौंमा जिल्लाव्यापी खेलकुद सप्ताह हुँदै

    काठमाडौं । नेसनल प्याब्सन काठमाडौं जिल्लाको आयोजना र नेसनल प्याब्सन काठमाडौं महाननगर समितीको संयोजनमा काठमाडौं जिल्लाव्यापी खेलकुद सप्ताह हुने भएको छ ।

    नेसनल प्याव्सन काठमाडौंले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी खेलकुद सप्ताहको बारेमा जानकारी गराएको हो ।

    खेलकुद सप्ताहमा काठमाडौं जिल्लाभरिका करिब ६० वटा विद्यालयले भाग लिने बताईएको छ । कार्यक्रममा मार्चपास, बास्केट बल, टेबल टेनिस र टग अफ वार (डोरी तान्ने) खेल समावेश गरिएको छ । कार्यक्रमको उद्घाटन माघ १८ गते टुँडीखेलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबाट हुने बताइएको छ ।

    माघ १८ गते टुँडिखेलमा उद्घाटन समारोहसँगै मार्चपास खेल हुनेछ । त्यसैगरी बास्केट बल माघ १९ गते मनास्लु वल्र्ड कलेज चुच्चेपाटीमा, टेबल टेनिस प्रतियोगिता माघ २० देखि २१ गतेसम्म युनिभर्सल सेकेन्डरी स्कुल धुम्बराहीमा, टग अफ वार (डोरी तान्ने) खेल माघ २२ मा काठमाडौं स्कूल अफ सेन्टर स्टेट कालिमाटीमा हुने बताईएको छ ।

    सम्पूर्ण खेलहरु आधिकारिक संगठनको नियमानुसार खेलाइने बताइएको छ । खेलमा सहभागी भएर प्रथम, दोस्रो र तेस्रो हुनका लागि मेडल र प्रमाणपत्र, सिल्ड, ट्रफीको व्यवस्था रहेको बताइएको छ ।

    नेसनल प्याब्सन काठमाडौंका अध्यक्ष भीष्म पाण्डले विद्यार्थीहरुको सर्वाङ्गिन विकासका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए । कार्यक्रममा आधा दर्जनभन्दा बढी खेल समावेश गर्ने इच्छा भएपनि समय अभावको कारण चार वटामात्रै खेल समावेश गरिएको उनको भनाई थियो ।

    ‘विद्यार्थी भाईबहिनीहरुलाई उनीहरुको आ–आफ्नो खेल क्षमता विद्यालयको कम्पाउन्डभित्र मात्रै नभएर अन्य स्कुलका विद्यार्थीसँग प्रतिष्पर्धा गराएर क्षमता पहिचान गर्न सकौं भनेर कार्यक्रम आयोजना गरेका छौं,’ पाण्डेले भने ।

    प्याब्सन काठमाडौंका उपाध्यक्ष विजय खरेलले विद्यार्थीहरुको सर्वाङ्गिन पक्षको विकासका लागि खेलको महत्व रहेको बताए । विद्यार्थीको वौद्धिकताको विकास, शारीरिक विकास, सामाजिक विकास र संवेगात्मक विकासका लागि खेलको महत्वपूर्ण भूमिका रहने उनको भनाई छ ।

    2.PNG

    कार्यक्रममा नेसनल प्याव्सन बाग्मती प्रदेशका सचिव गेन्द्र लामाको पनि उपस्थिति थियो । लामाले उक्त खेलकुद सप्ताहको पूर्ण सफलताको लागि शुभकामना दिएका थिए ।


    मंगलवार, माघ १७ २०७९०६:५८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij