Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

क्यानको बैठकमा ७ केन्द्रीय सदस्यले मागे अध्यक्षको राजीनामा

क्यानको बैठकमा ७ केन्द्रीय सदस्यले मागे अध्यक्षको राजीनामा

  • मंगलवार, माघ १७ २०७९

  • 735
    SHARES

  • क्यानको बैठकमा ७ केन्द्रीय सदस्यले मागे अध्यक्षको राजीनामा

    काठमाडौं । पोखरामा जारी नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकमा ७ केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्द्रको लिखितरूपमा राजिनामा माग गरेका छन् ।

    मंगलबार पोखरामा बैठक सुरु भएलगत्तै क्यानको असुन्तुष्ट टोलीको नेतृत्व गर्दै क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमले अध्यक्ष चतुरबहादुर चन्द र कार्यसम्पादन समितिको राजीनामा माग गरेका हुन् ।

    असन्तुष्ट समूहमा ऋषिराम गौतमसहित दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमित विर पाण्डे, छुम्वी लामा र धर्मराज गिरी छन् ।

    राजीनामा दिएर नेपाली क्रिकेटलाई माग प्रशस्त गर्न भन्दै गलत निर्णयको साक्षी नबस्ने उद्घोषसहित आफूहरूले बैठक बहिष्कार गरेको एक केन्द्रीय सदस्यले बताए ।

    राजीनामा मागसहितको पत्र बुझाएर बैठकको औचित्य नभएको भन्दै उनीहरूले बैठक बहिष्कार गरेका छन् ।

    ‘राजनीति विषयमा निवेदन दिइसकेपछि, त्यहिँ अध्यक्षको अध्यक्षताको बैठकको त के औचित्य रह्यो र !’ ती सदस्यले भनेका छन् ।

     


    मंगलवार, माघ १७ २०७९०३:५३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij