Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र– बाँच्नै मुस्किल भयो, आर्थिक संकट समाधान गर्नुस्

प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र– बाँच्नै मुस्किल भयो, आर्थिक संकट समाधान गर्नुस्

नोटबन्दी गरी अनौपचारिक क्षेत्रको पैसा प्रणालीमा ल्याउन सुझाव
  • मंगलवार, माघ १७ २०७९

  • 414
    SHARES

  • प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र– बाँच्नै मुस्किल भयो, आर्थिक संकट समाधान गर्नुस्
    काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ ।
     
    आज बिहान प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै ध्यानाकर्षण गराएको छ । दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको एकीकृत समाजवादीको ठहर छ ।
     
    अध्यक्ष माधव कुमार नेपालले हस्ताक्षर गरेको ज्ञापन पत्रमा लेखिएको छ, ‘देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गरोस् ।’ त्यसैले देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि तत्काल अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन एकीकृत समाजवादीले आग्रह गरेको छ ।
     
    एकीकृत समाजवादीले संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, महँगी नियन्त्रण गर्न, समस्याग्रस्त उद्योग तथा व्यवसायले जरिमाना र कर तिर्ने सुविधा तथा भाखा नाघेका ऋणको किस्ता र ब्याज तिर्ने अवधि २०८० असार मसान्तसम्मलाई बढाउन लगायतका माग गरेको छ ।
     
    यसैगरी सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिन, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा अनिवार्य सीपमूलक तालिम र देशभक्तिपूर्ण पाठ राख्न लगायतका माग बुँदागत रुपमा ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
     
    यस्तै  एकीकृत समाजवादीले देशको नोटबन्दी गरी अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको पैसा अर्थतन्त्रको मूलधारमा ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको छ ।
     
    ‘अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गरियोस्’ नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

    भेटमा प्रधानमन्त्री प्रचण्डले नेतृत्वदायी टिमले आएर ध्यानाकर्षण गराएकोमा धन्यवाद ज्ञापन गर्दै आफूले यी सुझावलाई गम्भीरतापूर्वक लिने बताउनुभएको पार्टीका उपमहासचिव डा.गंगालाल तुलाधरले बताउनुभयो।

    हेर्नुहोस् एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्र–

    CPN-US-1.jpegCPN-US-2.jpegCPN-US-3.jpeg
     


    मंगलवार, माघ १७ २०७९०२:२६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij