Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नेप्से आज दोहोरो अंकले ओरालो लाग्यो

नेप्से आज दोहोरो अंकले ओरालो लाग्यो

  • आइतवार, माघ १५ २०७९

  • 306
    SHARES

  • नेप्से आज दोहोरो अंकले ओरालो लाग्यो

    काठमाडौं । सेयर कारोबारको पहिलो दिन आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से १४.६८ अंकले घटेर २१६८.५३ विन्दुमा अडिएको छ।सेन्सेटिभ इण्डेक्स २.८३ अंकले घटेको छ।

    आज २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रूपैयाँमा खरिदबिक्री भयो। ५१ हजार ९७३ पटक कारोबार भयो।

    दोहोरो अंकको करेक्सन आएको सेयर बजारमा ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

    सो कम्पनीको ९ करोड ९९ लाख ४ हजार ३९२ रुपैयाँको सेयर कारोबार भयो।यस्तै, ९ करोड २१ लाख बढिको सेयर कारोबार गरी हिमालयन ऊर्जा विकास कम्पनी दोस्रोमा र ७ करोड १३ लाख मूल्यको सेयर किनबेच गरी एनआईसी एसिया बैंक तेस्रो स्थानमा रह्यो।

    कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य घट्यो भने २ को मात्रै बढ्यो। होटल्स एन्ड टुरिजमको ०.२० र लाइफ इन्स्योरेन्सको सूचक ०.३४ प्रतिशतले घटेको हो।


    आइतवार, माघ १५ २०७९०४:२२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij