Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

क्यान अध्यक्ष चन्दसहित ५ पदाधिकारीको राजिनामा माग

क्यान अध्यक्ष चन्दसहित ५ पदाधिकारीको राजिनामा माग

  • आइतवार, माघ १५ २०७९

  • 341
    SHARES

  • क्यान अध्यक्ष चन्दसहित ५ पदाधिकारीको राजिनामा माग

    काठमाडौं। नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित ५ जना पदाधिकारीको राजिनामा माग गरिएको छ। क्यानका ७ जना केन्द्रिय सदस्यले कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्काको राजिनामा मागेका हुन् ।

    राजिनामा माग्ने केन्द्रिय सदस्यहरुमा ऋषिराज गौतम,दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् ।

    उनीहरुले काठमाडौंमा पक्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै ५ जना पदाधिकारीको राजिनामा माग गरेको बताएका छन् ।

    आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइएको र यसो मुख्य जिम्मेवार क्यान नेतृत्व भएको उनीहरुको आरोप छ।अध्यक्ष चन्दले पत्रकार सम्मेलन गरेर नेपाल टी–२० लिग आयोजनामा गल्ती भएको स्वीकारेका थिए।

    तर आज आइतबार पत्रकार सम्मेलन गर्ने ७ जना केन्द्रिय सदस्यले भने आफूहरुले बारम्बार सचेत गराउँदा पनि अध्यक्ष र कार्य सम्पादन समितिले जानाजान गलत निर्णय गरेको आरोप लगाएका छन् ।


    आइतवार, माघ १५ २०७९०१:४४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij