Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

टाइगर कप भलिबल : आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन 

टाइगर कप भलिबल : आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन 

  • शनिवार, माघ १४ २०७९

  • 389
    SHARES

  • टाइगर कप भलिबल : आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन 
    काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको च्याम्पियन बनेको छ । 
     
    पोखरा रंगशालाको कभर्ड हलमा शनिबार(आज) भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी ३—१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
     
    साबिकको विजेता रहेको एपीएफले पहिलो सेट २५–२० ले जितेकोमा दोस्रो सेटमा आर्मीले २५–२२ जितेको थियो । तेस्रो सेट र चौथो सेटमा २५–८ र २५(२२ को जित निकाल्न सफल भयो ।
     
    च्याम्पियन एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । दोस्रो हुन सफल आर्मीले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ। 
     


    शनिवार, माघ १४ २०७९०३:२१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij