Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक घण्टादेखि उडान ठप्प

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक घण्टादेखि उडान ठप्प

  • शनिवार, माघ १४ २०७९

  • 362
    SHARES

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक घण्टादेखि उडान ठप्प

    काठमाडौं। त्रिभुवन विमानस्थलमा एक घण्टादेखि जहाज उडान ठप्प बनेको छ। अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान बन्द भएको हो।

    अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

    फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डिया लगायत ५,६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ ।

    राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको एक अधिकारीले बताएका छन्।


    शनिवार, माघ १४ २०७९०२:५४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij