Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

चितवनमा लायन्स क्लवले गरे न्यानो कपडा बितरण

चितवनमा लायन्स क्लवले गरे न्यानो कपडा बितरण

  • शनिवार, माघ १४ २०७९

  • 468
    SHARES

  • चितवनमा लायन्स क्लवले गरे न्यानो कपडा बितरण

    काठमाडौं।चितवनमा लायन्स क्लबले विद्यार्थिहरुको लागी न्यानो कपडा वितरण गरेको छ। लायन्स क्लब अफ नारायणगढ सङमचोक र लायन्स क्लब अफ नारायणगढ सङमचोक सन्जिबिनिले आज विद्यार्थिहरुका लागी न्याने कपडा वितरण गरेका हुन्।

    भरतपुर ४ मा अवस्थीत श्री माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ६ जना विपन्न परिवारका बालबालिकाको लागी न्यानो कपडा ट्र्याक सुट बितरण गरिएको हो ।

    लायन्स क्लब अफ नारायणगढ सङमचोकका अध्यक्ष घनश्याम न्यौपानेका अनुसार न्यानो कपडाका लागी हाल अस्ट्रेलियाको मेलबर्नमा बसोबासमा रहनुभएका समाजसेबि गणेस भण्डारीको विषेश सहयोग थियो। भण्डारीले २५ हजार रुपैया उपलब्ध गराउनुभएको थियो। यस्तै क्लवले सहयोग गरेकोमा भण्डारीप्रति क्बले आभार व्यक्त गरेको छ।

    न्यानो कपडा वितरण कार्यक्रममा IPDG PMJF लायन रामप्रसद भट्ट प्रमुख आतिथ्यता रहेको थियो भने लायन्स क्लब अफ नारायणगढ सङमचोक का अध्यक्ष घनश्याम न्यौपाने लायन्स क्लब अफ नारायणगढ सङमचोक सन्जिबिनि का अध्यक्ष लायन कमला पान्डे कडेल अध्यक्षता रहेको थियो।

    यस्तै कार्यक्रममा बिशिस्ट अतिथि PDG MJF राजकुमार श्रेष्ठ अतिथि डिस्टृक का कोषाध्यक्ष MJF लायन सुरेश कुमार श्रेष्ठ क्लस्टर ४ का क्लस्टर चिफ MJF लायन दुर्गालक्ष्मि श्रेष्ठ तथा पुर्ब अध्यक्षहरु लायन्सका पधादिकारिहरु बिधालय सन्चालक समितिका अध्यक्ष शिबराज लामिछाने बिध्यालयका प्रध्यानध्यापक रिषिराम खरेल, बिध्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा रहेको कार्यक्रमको क्लबका पुर्ब अध्यक्ष लायन राजेन्द्र कँडेलको सम्योजकत्व रहेको थियो ।


    शनिवार, माघ १४ २०७९०२:३५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij