Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सर्वोच्चको फैसला ऐतिहासिक स्वागतयोग्य छः चित्र बहादुर केसी

सर्वोच्चको फैसला ऐतिहासिक स्वागतयोग्य छः चित्र बहादुर केसी

‘अहिलेको प्रधानमन्त्री ओली हुन्, प्रचण्ड देखावटीमात्रै’
  • शनिवार, माघ १४ २०७९

  • 1.2K
    SHARES

  • सर्वोच्चको फैसला ऐतिहासिक स्वागतयोग्य छः चित्र बहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सर्वोच्चले गरेको फैसलाको स्वागत गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले रवि लामिछानेलाई आफूले संसदमै व्यक्तिगतरुपमा भेट गरि एकैपटक नेपाली र अमेरिकी नागरिक भएर कसरी मुलुकको नेतृत्व गर्नुहुन्छ ? कसरी जनतामा भ्रम पार्नुभाछ ? भनेर सोधेको बताउनुभयो ।


    अध्यक्ष केसीले सर्वोच्च अदालतले नेपालको इतिहासमा हिजो गरेको फैसला ऐतिहासिक भएको भन्दै न्यायपालिकालाई धन्यवाद समेत दिनुभयो ।
    सर्वोच्चले हिजो उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गर्दै उहाँका सबै पदमुक्त गराएको छ ।

    निर्वाचन आयोग जानुअगाडि, पार्टी खोल्नु अगाडि नेपाली नागरिकता भएको प्रमाणीत गर्नुपर्ने सुझाउँदै अध्यक्ष केसीले दोहोरो पासपोर्ट लिएर लामिछानेलाई हिड्ने अधिकार छ भन्दै प्रश्न गर्नुभयो ।

    यस्तै उहाँले निर्वाचन आयोगले पनि बदमासी गरेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामिछानेलाई अब मन्त्री दिनसक्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा केसीले प्रचण्ड देखावटी र नामको मात्रै प्रधानमन्त्री भएको र अहिलेको प्रधानमन्त्री त केपी शर्मा (खड्क प्रसाद ओली) ओली भएको दाबी गर्नुभयो ।

    केहि समय अगाडि ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नाम र चुनाव अर्कै देशको भएको भन्ने कुरा केहि निकाले पनि पछि राजनितीक स्वार्थका लागि ओली लहसिएर गएको आरोप लगाउनुभयो । ओली कै दबाबमा लामिछानेलाई प्रचण्डले गृहमन्त्री बनाएको पनि अध्यक्ष केसीको दाबी छ ।


    शनिवार, माघ १४ २०७९०८:०६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij