Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी, सन्दीप, देव र आदिल  परेनन् 

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी, सन्दीप, देव र आदिल  परेनन् 

  • शुक्रवार, माघ १३ २०७९

  • 560
    SHARES

  • राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी, सन्दीप, देव र आदिल  परेनन् 
    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी डाकेको छ । क्यानले शुक्रबार(आज) घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकिएको जनाएको छ ।

    नाबालिका बलात्कारको आरोप लागेका तर, भर्खरै हिरासतमुक्त पूर्वकप्तान सन्दीप लामिछाने उक्त सूचीमा अटाएनन्। सोही प्रकरणमा नाम जोडिएका खेलाडी देव खनाल समेत उक्त सूचीमा छैनन्।

    यसैगरी, केही दिनअघि सम्पन्न टी २० लिगमा स्पट फिक्सिङको आरोप लागेका मोहम्मद आदिल आलमलाई क्यानले समेटेको छैन। 

    आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजका लागि क्यानले खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको हो ।

    टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ ।  जुन खेल फेब्रुअरी १४ मा हुनेछ ।

    यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुन खेल्नेछ ।

    सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

    बन्द प्रशिक्षणमा रहेका नेपाली टोली -

    कुशल भुर्तेल,आसिफ शेख,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल,आरिफ शेख,दीपेन्द्र सिंह ऐरी,सोमपाल कामी,करण केसी,गुलशन झा,शरद भेषवाकर,ललित नारायण राजवंशी,विनोद भण्डारी,सागर ढकाल,सन्दीप जोरा,किशोर महतो,कमलसिंह ऐरी,सिद्धान्त लोहनी,अर्जुन साउद,सूर्य तामाङ,अविनाश बोहोरा,विवेक यादव,भीम सार्की,मौसम ढकाल,कुशल मल्ल,अनिल शाह,विक्रम सोब,भुवन कार्की,अंकित सुवेदी

    1.jpg


    शुक्रवार, माघ १३ २०७९०५:१८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij