Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आफ्नै पेट्रोलियम ट्यांकर चलाउन दिन चालकको माग : नदिए साँचो वुझाउने चेतावनी

आफ्नै पेट्रोलियम ट्यांकर चलाउन दिन चालकको माग : नदिए साँचो वुझाउने चेतावनी

  • शुक्रवार, माघ १३ २०७९

  • 386
    SHARES

  • आफ्नै पेट्रोलियम ट्यांकर चलाउन दिन चालकको माग : नदिए साँचो वुझाउने चेतावनी

    काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले चालकहरूले आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने माग राखेको छ। नेपाल पेट्रोलियम ट्यांकर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरूले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने बताउनुभएको हो ।

    उहाँले सँधै परनिर्भर हुनुभन्दा आफूहरूको भविष्यका लागि आत्मनिर्भर हनुपर्ने भएकाले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने आफूहरूको माग रहेको बताउनु भयो । देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरू रहेको उल्लेख गर्दै लामाले उनीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    अध्यक्ष लामाले एकपटक चालकहरूका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन माग गर्दै आफूहरूको माग सुनुवाइ नभएमा ३० दिनभित्र ट्यांकरको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो।

    नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ट्यांकर चालकहरूको माग सम्बोधन गर्नका लागि विद्यमान ऐन, कानुनहरूमा संशोधन गर्न आवश्यक रहेको भन्दै विनियमावलीमा भएका केही व्यवस्थाहरू परिमार्जन गर्न सम्बन्धित निकायहरूले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनुभयो ।

    सोही अबसरमा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र बिहार ट्याङ्कर चालक उपचालक संघका बीचमा आपसी सहयोग आदान–प्रदान गर्नेगरी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।समझदारीपत्रमा नेपालको तर्फबाट अध्यक्ष ईश्वर लामा र बिहारको तर्फबाट अध्यक्ष चन्द्रप्रकाश सिंहले हस्ताक्षर गरेका छन्।


    शुक्रवार, माघ १३ २०७९०२:२५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij