काठमाडौं । न्यु डायमण्ड स्पोर्ट्स क्लबले तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ तेस्रो स्थान प्राप्त गरेको छ । पोखरा रंगशालाको कभर्ड हलमा शुक्रबार(आज) तेस्रो स्थानको लागि भएको खेलमा डायमण्डले गण्डकी प्रदेशलाई ३—० को साझो सेटमा पराजित गरेको हो ।
डायमण्डले पहिलो सेट २५–१९, दोस्रो सेटमा २५–१६ र तेस्रो सेटमा २५–१६ को जित निकाल्न सफल भयो । तेस्रो भएको डायमण्डले १ लाख २५ हजार प्राप्त गरेको छ । चौंथो भएको गण्डकीले सान्त्वना पुरस्कार स्वरूप ६५ हजार प्राप्त गर्यो । महिलातर्फको फाइनल भोलि हुनेछ । उपाधिका लागि एपीएफ र आर्मी भिड्ने छन् ।
आज नै पुरुषतर्फ सेमिफाइनलका दुई खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।