काठमाडौं । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहले किसान कार्ड लागु गर्ने घोषणा गर्नुभएको छ । मलखादको समस्या समाधानका लागि कार्यक्रम ल्याउने पनि उहाँले बताउनुभयो ।
जनमत पार्टीले किसानका समस्या समाधानको माग राखेर किसान आन्दोलन गर्दै आएको थियो । पदभार ग्रहण गरे लगत्तै उहाँले आफूहरूले अघि सारेको माग पत्र देखाउँदै आफूहरूले जे माग राखेर आन्दोलन गरेको हो तिनै माग पूरा गर्ने बताउनुभयो।
मन्त्री कुशवाहले उखु किसानका माग पूरा गर्नका लागि मूल्य निर्धारण भएका कागजात अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।
मधेस प्रदेशमा आफूहरूले कृषि र सामाजिक विकास मन्त्रालयमा दाबी गरेको पनि उहाँले बताउनुभयो।