Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य ११ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य ११ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

  • शुक्रवार, माघ १३ २०७९

  • 523
    SHARES

  • सुनको मूल्य ११ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?
    काठमाडौं ।  हिजो नयाँ कीर्तिमान कायम गरेको सुनको मूल्यमा शुक्रबार(आज) भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८ सय कायम भएको छ ।
     
    हिजो को तुलनामा आज प्रतितोला १ हजार १ सय रुपैयाँ घटेको हो । आज भने प्रतितोला हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । यसअघि गत मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
     
    यसअघि भने गत वर्षको फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो । जुन उच्च मूल्य एक वर्ष नपुग्दै तोडिएको हो । अन्तर्राष्ट्रिय मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
     
    नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ । हिजो भने चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८३ रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य भने गत फागुन २५ गते प्रतितोला १ हजार ४५० रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।


    शुक्रवार, माघ १३ २०७९०१:१८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij