Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आसिफ शेखलाई आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

आसिफ शेखलाई आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

  • बिहिवार, माघ १२ २०७९

  • 439
    SHARES

  • आसिफ शेखलाई आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड (खेल भावना अवार्ड) प्राप्त गरेका छन् ।

    बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले उक्त अवार्ड आसिफले प्राप्त गरेको जनाएको हो ।

    गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी(ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले उक्त अवार्ड जितेका हुन् ।

    आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा लड्न पुगेपछि रन आउट गरेका थिएनन् । जुन खेल भावना यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा पाएको क्षण थियो ।


    बिहिवार, माघ १२ २०७९०६:२०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij