Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एन्फाले ए डिभिजन लिग अगाडि नै प्रमुख प्रशिक्षक भित्र्याउने

एन्फाले ए डिभिजन लिग अगाडि नै प्रमुख प्रशिक्षक भित्र्याउने

  • बुधवार, माघ ११ २०७९

  • 361
    SHARES

  • एन्फाले ए डिभिजन लिग अगाडि नै प्रमुख प्रशिक्षक भित्र्याउने

    काठमाडौं । नेपाल फुटबल संघ एन्फाले नेपालको ए डिभिजन लिग सुरु हुनु अघि नै राष्ट्रिय टोलीको प्रशिक्षक टुङ्गो लगाउने भएको छ ।

    एन्फाका महासचिव किरण राईका अनुसार कुन देशबाट प्रशिक्षक भित्र्याउने भन्नेबारे टुङ्गो नभए पनि उत्कृष्ट प्रशिक्षक भित्राउने विषय जतिसक्दो छिटो टुङ्गो लगाउने प्रक्रियामा एन्फा लागेको छ ।

    कुवेती मुलका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत साउनमा राजीनामा दिएपश्चात नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक खाली छ । त्यसयता एन्फाले घरेलु प्रशिक्षकलाई टिमको जिम्मा दिँदै बिच बिचमा भएका मैत्रीपूर्ण खेलमा नेपालको सहभागी गराइरहेको छ ।

    छनोट कार्य एन्फाले पूरा गर्ने भए पनि प्रशिक्षकको पारिश्रमिकका लागि नेपाल सरकार तथा अन्य मैत्रीसंस्थाहरुसँग छलफल भइरहेको छ।

    पछिल्लो समय कतार फुटबल संघको सहकार्यमा आएका अब्दुल्लाह अलमुतारीको पारिश्रमिक कतार फुटबल संघले दिएको थियो । यसपटक पनि त्यस्तै सहयोगका लागि एन्फा सहयोगी संस्थाहरुसँग छलफलमा जुटेको हो ।


    बुधवार, माघ ११ २०७९०३:०७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij