काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जवराले संघीयता र गणतन्त्र विरोधी भएकाले बोल्छ नछोड्ने दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महामन्त्री जवराले भन्नुभयो, ‘हामी गणतन्त्र विरोधी हौँ,गणतन्त्रको कुनै मोहमाया छैन, हामी संविधान भित्रै बसेर, यो संविधानलाई परिवर्तन गर्न हामी अगाडि बढेका हौँ र त्यहि नजरले पनि हामीलाई मतदाताले मत हालेका हुन् ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदका सदस्यले संघीयता विरोधी अभिव्यक्ति दिएमा स्पष्टीकरण सोध्ने बताएको भोलिपल्ट जवराले यस्तो बताउनुभएको हो ।
हिजोको राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदका सदस्यले संघीयता र गणतन्त्र विरोधी अभिव्यक्ति दिन नपाउने बताउनुभएको थियो ।
मन्त्रीहरुले भित्र बसेर बोल्ने नबोल्ने विषय उनीहरुकै भएको बताउँदै महामन्त्री जवराले मन्त्रिपरिषदभित्र नभएकाहरु गणतन्त्र र संघीयताको संविधान भित्रै बसेर विरोध गर्ने दोहो¥याउनुभयो ।
यदि प्रधानमन्त्री प्रचण्डे संघीयता विरोधी बोल्ने मन्त्रीलाई बर्खास्त गरे आफूहरुले सत्ता नै छोडिदिने महामन्त्री जवराको भनाइ छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले ‘भ्रष्टचार गर्नु भनेको आमाको रगत खानु सरह हो’ भन्नुभएको थियो तर भ्रष्टचारीलाई मन्त्री बनाउनुभयो नी भन्ने पत्रकार धमलाको प्रश्नमा महामन्त्री जवराले भन्ुनभयो, ‘अध्यक्षज्युले के बोल्नुभयो, के गर्नु भयो त्यो सबै पार्टीले गरेको, बोलेको मानिदैँन । हाम्रो पार्टीको लक्ष प्रष्ट छ त्यसैले प्रधानमन्त्रीले धम्क्याएर धम्किनेवाला पनि छैनौँ, डराउनेवाला पनि छैनौँ, उहाँले कारवाही गर्नुहुन्छ भने हामी सत्ता छोडिदिन्छौ । ’