Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बाजुरामा भूकम्पः घर भत्किए, नेटवर्कले काम नगर्दा क्षतिको विवरण संकलनमा समस्या

बाजुरामा भूकम्पः घर भत्किए, नेटवर्कले काम नगर्दा क्षतिको विवरण संकलनमा समस्या

  • मंगलवार, माघ १० २०७९

  • 561
    SHARES

  • बाजुरामा भूकम्पः घर भत्किए, नेटवर्कले काम नगर्दा क्षतिको विवरण संकलनमा समस्या

    काठमाडौं । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पको क्षतिको विवरण संकलनमा समस्या देखिएको छ ।

    मंगलबार (आज) दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले बाजुरामा केही घर भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाकाअनुसार अहिलेसम्म बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको विवरण आएको छ भने संकलन गर्ने काम भइरहेको छ ।

    हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीकाअनुसार वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएका छन् । अन्य वडामा टेलिफोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण प्राप्त गर्न समस्या भएको सार्कीले बताउनुभयो ।

    गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले सोमबार रातिदेखि वर्षासँगै हिमपात भएका कारण टेलिफोनको नेटवर्क नहुँदा क्षतिको विवरण प्राप्त गर्न नसकिएको जानकारी दिनुभयो ।


    मंगलवार, माघ १० २०७९०४:१३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij