Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको सम्झना

शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको सम्झना

  • मंगलवार, माघ १० २०७९

  • 268
    SHARES

  • शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको सम्झना

    काठमाडौं। आजदेखि सुरु भएको शहीद सप्ताहमा आज पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना विषेश कार्यक्रम गरिएको छ। शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थान टेकुको पचलीमा स्मृति सभा आयोजना गरी मंगलबारबाट शहीद सप्ताह सुरु गरिएको हो।

    परिवारमै सीमित शासकीय शक्ति जनतामा पुर्‍याउन बलिदान दिने शहीदको योगदानको सम्मानमा हरेक वर्ष काठमाडौं महानगरपालिकाको आयोजनामा माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको छ।

    शहीद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा महानगरप्रमुख एवं शहीद सप्ताह मूल समारोह समितिका संयोजक बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीसहितले शहीदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै उहाँको योगदानको स्मरण गरेका छन्।

    विसं १९५० मा बनारसमा जन्मिएका शास्त्रीले भारतकै देहरादुनबाट प्रारम्भिक शिक्षा प्राप्त गर्नुभएको थियो।धार्मिक गतिविधिबाट जहानियाँ शासनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मङ्सिर १३ गते इन्द्रचोकमा मानिसलाई भेला गराएर तात्कालीन सरकारको आलोचना गरेको आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो।

    यसैगरी धर्मभक्त माथेमालाई माघ १३ गते र गङ्गालाल श्रेष्ठ तथा दशरथ चन्दलाई माघ १५ गते प्राणदण्ड दिइएको थियो। शहीद सप्ताहको अन्तिम दिन यही माघ १६ गते शान्ति बाटिकाबाट सुरु गरिने प्रभातफेरी लैनचौरस्थित शहीदपार्कमा पुगी ज्ञातअज्ञात शहीदका सम्झनामा स्मृतिसभा परिणत हुने जनाइएको छ।

    कामपाले प्रजातन्त्र प्राप्तिका लागि प्राणदण्ड दिइएका चार शहीदहरुको पूर्णकदको शालिक उनीहरुले साहादत प्राप्त गरेकै स्थानमा निर्माण गरिसकेको छ। विसं २०७५ मा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएकामा धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिक २०७६ मा स्थापना गरिएको थियो।


    मंगलवार, माघ १० २०७९०२:१७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij