Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नेपाल एयरलायन्सका तीन पाइलट कारबाहीमा

नेपाल एयरलायन्सका तीन पाइलट कारबाहीमा

  • सोमवार, माघ ९ २०७९

  • 958
    SHARES

  • नेपाल एयरलायन्सका तीन पाइलट कारबाहीमा

    काठमाडौं ।नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलायन्सका तीन जना पाइलटलाई कारबाही सिफारिस गरेको छ। प्राधिकरणले पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुश्वाहा र उद्ब घिमिरेलाई कारबाही गर्न सिफारिस गरेको हो।

    गत शुक्रबार हङकङमा जोखिमपूर्ण ल्यान्डिङ गराएको र एयर ट्राफिक कन्ट्रोल एटीसीको निर्देशनसमेत नमानेको भन्दै प्राधिकरणले नेपाल वायु सेना निगमलाई तीनै जना पाइलटलाई निलम्बनसहित कारबाही गर्न निर्देशन दिएको हो।

    प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले नेपाल एयरलायन्सका तीन जना पाइलटलाई कारबाही सिफारिस गरेको पुष्टि गरे। हङकङको सिभिल एभियसनले नेपाल एयर लायन्सका ती पाइलटहरूले एटीसीको निर्देशन नमानेको जानकारी गराएको प्रवक्ता निरौलाको भनाइ छ।


    सोमवार, माघ ९ २०७९०५:२२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij