Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

म्याग्दीमा जीप दुर्घटना : एक जनाको मृत्यु, ७ घाइते

म्याग्दीमा जीप दुर्घटना : एक जनाको मृत्यु, ७ घाइते

  • सोमवार, माघ ९ २०७९

  • 284
    SHARES

  • म्याग्दीमा जीप दुर्घटना : एक जनाको मृत्यु, ७ घाइते

    काठमाडौं। म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने सात जना घाइते भएका छन् । जिल्लाको मंगला गाउँपालिका २ काफलगौरमा आज दिउँसो जीप दुर्घटनामा पर्दा मंगला १ की ६० वर्षीया फौमाया गर्बुजाको मृत्यु भएको हो ।

    प्रहरी निरीक्षक राजन ढकालका अनुसार घाईते गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो। थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जीप दुर्घटना हुँदा मंगला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ।

    मंगला १ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मंगला २ की २२ वर्षीया विपना कार्की, मंगला १ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मंगला २ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ।

    ओरालो सडकमा जीप पल्टिएर दुर्घटना भएको थियो। जीप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको छ।


    सोमवार, माघ ९ २०७९०३:०९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij