Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

क्रिकेटर मेहबुब र आदिललाई पक्राउ गरी काठमाडौं ल्याइँदै

क्रिकेटर मेहबुब र आदिललाई पक्राउ गरी काठमाडौं ल्याइँदै

  • सोमवार, माघ ९ २०७९

  • 392
    SHARES

  • क्रिकेटर मेहबुब र आदिललाई पक्राउ गरी काठमाडौं ल्याइँदै

    काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई पक्राउ गरी जहाजबाट काठमाडौं ल्याइँदैछ ।

    काठमाडौंमा हालै सम्पन्न नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुवैजनालाई काठमाडौं ल्याएसँगै औपचारिक जानकारीसहित अनुसन्धानसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्नेछ ।

    मेहबुब टी–२० लिगताका फिक्सिङको समाचार बाहिरिएलगत्तै भारत गएको चर्चा थियो । आदिल अन्सारीलाई कमेन्टेटर सचिन तिमिल्सिनाले फिक्सिङबारे सामाजिक सञ्जालमा लाइभ भिडिओमा बताउँदै नेपाली अलराउण्डर भनेर संकेत गरेका थिए ।

    पूर्वअलराउण्डर मेहबुब आलमको नाममा एकै खेलमा १० विकेटको कीर्तिमानसमेत छ । आदिल भने राष्ट्रिय टीमका उदीयमान अलराउण्डर हुन् ।


    सोमवार, माघ ९ २०७९०२:४६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij