Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्पोर्टस अवार्ड फागुन २३ गते

स्पोर्टस अवार्ड फागुन २३ गते

  • सोमवार, माघ ९ २०७९

  • 354
    SHARES

  • स्पोर्टस अवार्ड फागुन २३ गते

    काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष गर्ने स्पोर्टस अवार्डको १९औं संस्करण आगामी फागुन २३ गते हुने भएको छ ।

    वर्ष २०७८ मा नेपाली खेलकुदमा भएको प्रदर्शनका आधारमा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    विगतका वर्षमा जस्तै यसवर्ष पनि स्पोर्टस अवार्डमा ८ प्रमुख विधा समावेश छन् । वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

    त्यस्तै एसियन जर्नलिष्ट अवार्डको नाममा एकजना एशियाली खेलकुद पत्रकारलाई सम्मानित गरिनेछ । वर्षको उत्कृष्ट पुरुष, महिला खेलाडी र प्रशिक्षक तथा पिपुल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् ।

    यस संस्करणदेखि वर्षका उत्कृष्ट युवा खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइने एनएसजेएफले जनाएको छ । अन्य विधाका विजेताले नगद ५० हजार रुपैयाँ पाउनेछन् ।

     


    सोमवार, माघ ९ २०७९०२:११:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij