Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

म्याच फिक्सिङको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ

म्याच फिक्सिङको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ

  • सोमवार, माघ ९ २०७९

  • 587
    SHARES

  • म्याच फिक्सिङको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ

    काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङ र म्याच फिक्सिङ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारी पक्राउ परेका छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आज बिहान उनीहरूलाई पक्राउ गरेको जनाएको छ । नेपाल टी–२० लिगका खेलमा ‘म्याच फिक्सिङ र स्पट फिक्सिङ’ जस्तो गम्भीर आरोप लागे पनि नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई भ्रामक र मिथ्या सूचना भनेर दाबी गर्दै आएको छ ।

    पुस ९ देखि २७ सम्म भएको खेलमा म्याच फिक्सिङ भएको कुरा आएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले अनुसन्धान अन्तिम चरणमा पु¥याउँदै स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु भेटेपछि त्यसमा संलग्नताको आशंकामा दुई क्रिकेटर पक्राउ गरेको हो ।

    म्याच फिक्सिङमा पुरै हारजित हुने गरी सट्टेबाजी हुने गर्छ । स्पट फिक्सिङमा यति रनमा आउट हुने÷नहुने, व्यक्तिले यति बलमा यति रन गर्छु, बलरले यति ओभरको यति बलमा लुज बल गर्ने आदिलगायतका विषयमा सेटिङ भएको हुन्छ । त्यसैको आधारमा हुने सट्टेबाजी अनि पैसामा दाउ लगाउने गरिन्छ ।


    सोमवार, माघ ९ २०७९०१:४९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij