Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सरकारविरुद्ध सैलुन व्यवसायीले गरे प्रदर्शन, यस्ता छन् माग

सरकारविरुद्ध सैलुन व्यवसायीले गरे प्रदर्शन, यस्ता छन् माग

  • मंगलवार, भाद्र ३० २०७७

  • 1.1K
    SHARES

  • सरकारविरुद्ध सैलुन व्यवसायीले गरे प्रदर्शन, यस्ता छन् माग

    काठमाडौं । लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले सरकारविरुद्ध आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    ‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म आज बिहान प्रदर्शन गरिएको हो । उनीहरुले देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनु पर्ने माग गरेका छन् ।

    साथै, नाइ श्रमिकहरुलाई लकडाउन अवधिभरको राहतको व्यवस्था गर्नुपर्ने, बैंकको ब्याजदर मिनाहा हुनुपर्ने, पसल तथा कोठा भाडा मिनाहा हुनुपर्ने, नाइ श्रमिकलाई निःशुल्क पिपिई सेट उपलब्ध गराउनुपर्ने, उनीहरुकोे ५० लाख बराबरको जीवन बीमा गरिदिनुपर्नेलगायतका मागसमेत संघर्ष समितिले गरेको छ ।


    मंगलवार, भाद्र ३० २०७७०२:३६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij