Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

तेस्रो टाईगर कप भलिबल : पुरुषतर्फ एपीएफ र गण्डकी तथा महिलातर्फ आर्मीको विजयी सुरुआत 

तेस्रो टाईगर कप भलिबल : पुरुषतर्फ एपीएफ र गण्डकी तथा महिलातर्फ आर्मीको विजयी सुरुआत 

  • आइतवार, माघ ८ २०७९

  • 602
    SHARES

  • तेस्रो टाईगर कप भलिबल : पुरुषतर्फ एपीएफ र गण्डकी तथा महिलातर्फ आर्मीको विजयी सुरुआत 
    काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशले तेस्रो टाईगर कप अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालाको कभर्ड हलमा आइतबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।
     
    पहिलो खेलमै जित निकाल्ने क्रममा पहिलो सेट आर्मीले २५–२० ले जितेकोमा दोस्रो सेट एपीएफले २५–२२ जितेकोमा तेस्रो सेट ले एपीएफ क्लबले २६–२४ जितेको थियो । चौथो सेट एपीएफले २५–१९ ले जितेको थियो ।
     
    पुरुषतर्फको दोस्रो तथा आजको अन्तिम खेलमा गण्डकी प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आफ्नो पहिलो खेलमा जित हात पार्ने क्रममा गण्डकीले २५–२३,२५–२० र २५–१६ को अंकको जित हात पारेको हो ।
     
    महिलातर्फ भएको पहिलो खेलमा त्रिभुवन आर्मीले न्यू डायमण्ड स्पोर्टस क्लबलाई ३–० ले पराजित गरी विजयी सुरुआत गरेको थियो ।
     
    राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब,नेपाल एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहने छ । यस्तै पुरुषतर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंका, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशको सहभागिता रहने छ ।
     
    महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमले ५÷५ लाख रुपैयाँ नगद पाउँदा उपविजेता टिमले समान नगद २ लाख ५० हजार पाउने छ । तेस्रो हुने टिमले समान नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमले समान नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन्।
     
    त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही २५ हजार नगद प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरू प्रशिक्षकलाई पनि जनही १० हजार नगद र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।
     


    आइतवार, माघ ८ २०७९०५:२७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij