Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

  • आइतवार, माघ ८ २०७९

  • 976
    SHARES

  • राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देशाई नियुक्त
    काठमाडौं । भारतीय प्रशिक्षक मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को मुख्य प्रशिक्षक छनोट समितिले देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
     
    क्यानले औपचारिक रुपमा घोषणा गरेको छैन । तर, देशाईलाई छनोट गरिएको क्यान स्रोतले जानकारी दियो ।
     
    देशाईले सन् २०१७ मा नेपाली यु–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ कन्सल्ट्यान्ट भएका थिए । त्यस भन्दा अगाडी देशाईले सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिमका लागि काम गरेका थिए ।
     
    क्यानले मुख्य प्रशिक्षकका लागि अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता लिएको थियो । मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए । 
     
    मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको छ । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, सम्झौता अघि नै प्रभाकरले पद छाडेका हुन्। 


    आइतवार, माघ ८ २०७९०४:३६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij