Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगर  निर्वाचित

उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगर  निर्वाचित

  • शनिवार, माघ ७ २०७९

  • 940
    SHARES

  • उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगर  निर्वाचित
    काठमाडौं ।  प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। इन्दिराले १६६ मत ल्याएर उपसभामुखमा निर्वाचित हुनुभएको हो। प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत ल्याउनुभयो। कूल २६४ मत खसेको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो। जसमध्ये १ सांसद तटस्थ बस्नुभएको छ ।
     
    झापाकी इन्दिरा आदिवासी जनजाति महिलाबाट समानुपातिक सांसद हुनुभएको थियो। राजनीतिमा आउनुअघि रानामगर कारागार पुगेका निर्दोष बालबालिकालाई आश्रय र शिक्षा दिन सक्रिय हुनुहुन्थ्यो।
     
    उहाँलाई रास्वपाका सोबिता गौतमले प्रस्ताव गर्नुभएको थियो। उहाँका समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन रहनुभएको थियो ।
     
    त्यस्तै यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्थ्यो। 


    शनिवार, माघ ७ २०७९०५:२८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij