Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

फेरी बन्द भयो रसुवागढी नाका

फेरी बन्द भयो रसुवागढी नाका

  • शुक्रवार, माघ ६ २०७९

  • 395
    SHARES

  • फेरी बन्द भयो रसुवागढी नाका

    काठमाडौं ।रसुवागढी–केरुङ नाका माघ २० गतेसम्मका लागि बन्द भएको छ । चीनले नयाँ वर्षका लागि भनेर आगामी फेब्रुअरी ३ सम्म नाका बन्द गरेको हो ।

    रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार करिब एक महिना अवधिमा नेपालबाट अहिलेसम्म करिब छ करोड बराबरको ३९ कन्टेनर सामान चीनतर्फ गएको छ ।

    चीनबाट भने दैनिक १४ कन्टेनर सामान नेपाल आउने गरेकोमा आजबाट त्यो पनि बन्द भएको छ। कोभिड महामारीपछि ठप्प प्रायः रहेको उक्त नाका गत पुस दोस्रो साताबाट खुलेको थियो तर नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन ।

    नेपालमा ०७२ सालको भूकम्प र चीनबाट फैलिएको कोरोना महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग देखिएको छ ।चालु आर्थिक वर्षको पाँच महिना अर्थात् गत मङ्सि र मसान्तसम्ममा तातोपानी भन्सारबाट रु चार अर्ब ४२ करोड २४ लाख २३ हजार बराबरको वस्तु आयात भएको देखिन्छ । नेपालबाट चीनमा हुने वस्तु निर्यात भने शून्य छ ।


    शुक्रवार, माघ ६ २०७९०५:३५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij