Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

  • शुक्रवार, माघ ६ २०७९

  • 661
    SHARES

  • कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत
    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनुभएको छ। शुक्रबार(आज) दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका २५ सांसदले विश्वासको मत दिएका हुन् ।
     
    नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक÷एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् । नेपाली कांग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।
     
    माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री हुनुहुन्छ ।
     
    कर्णाली सरकारको नेतृत्व ५ वर्ष नै माओवादीले गर्ने केन्द्रीय सहमति भएको थियो । तर सत्ता गठबन्धनबीच केन्द्रमा भएको सहमति सच्याउँदै कर्णालीमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् । सोही सहमति अनुसार शर्माले साढे दुई वर्ष मुख्यमन्त्री रहनुहुने छ ।
     
    पहिलो पटक संसदीय यात्रा थालेका शर्मा पहिलो प्रयासमै मुख्यमन्त्री बन्नुभएको हो । शर्मा रुकुम पश्चिम –२ बाट निर्वाचित हुनुभएका हो ।
     


    शुक्रवार, माघ ६ २०७९०४:१७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij