Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कार दुर्घटनामा वेपत्ता व्यक्ति ३ दिनपछि मृत फेला

कार दुर्घटनामा वेपत्ता व्यक्ति ३ दिनपछि मृत फेला

  • बिहिवार, माघ ५ २०७९

  • 293
    SHARES

  • कार दुर्घटनामा वेपत्ता व्यक्ति ३ दिनपछि मृत फेला

    काठमाडौं । कीर्तिपुरको चोभारमा भएको कार दुर्घटनामा वेपत्ता भएका व्यक्ति मृत फेला परेका छन्।

    दुर्घटना भएको ३ दिनपछि सशस्त्र प्रहरी बलको गोताखोर टोलीले वेपत्ता भएका रामकुमार खत्रीको शव बागमती नदीबाट निकालेको हो।

    माघ २ गते दिउँसो बा ५ च ५६५४ नम्बरको कार चोभारको जलविनायक पुल नजिकबाट बागमती नदीमा खसेको थियो। अम्बिका लामिछानेले चलाएको कार बागमतीमा खस्दा उनी स्वयम् गम्भीर घाइते भएकी थिइन् भने खत्री हराएका थिए।

    हराएका खत्रीको खोजी गर्ने क्रममा बिहीबार (आज) सशस्त्रको नम्बर १८ निलबाराही गण, नम्बर २० विपद व्यवस्थापन उद्धार गणबाट खटिएको गोताखोर टोलीले नदीबाट शव निकालेको हो।

     


    बिहिवार, माघ ५ २०७९०७:४४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij