Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

  • बुधवार, माघ ४ २०७९

  • 462
    SHARES

  • लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ
    काठमाडौं । लुम्बिनी प्रदेश सभाका सभामुख र उपसभामुखले शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार(आज) लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
     
    सभामुख घर्ती मगरले शपथ लिएपछि उपसभामुख मेनुका खाँडलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित एक समारोहमा सभामुख र उपसभामुख दुवैले शपथ लिनुभएको हो ।
     
    लुम्बिनी प्रदेशको सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड हिजो निर्विरोध निर्वाचित हुनुभएको थियो। सोही दिन दिउँसो बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभामुख र उपसभामुखमा १–१ जनाको उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।


    बुधवार, माघ ४ २०७९०४:४३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij