Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा आज ९ अंकको गिरावट

सेयर बजारमा आज ९ अंकको गिरावट

  • बुधवार, माघ ४ २०७९

  • 305
    SHARES

  • सेयर बजारमा आज ९ अंकको गिरावट

    काठमाडौं । सेयर बजारमा आज गिरावट आएको छ । आज नेप्से परिसूचकमा ९.०१ अंकले ओरालो लाग्दा २१७३.१० विन्दुमा रोकिएको छ ।

    साथै, आज २४८ कम्पनीको कारोबार भएको छ । जसमा १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९२ करोडभन्दा बढीको कारोबार भएको छ ।

    आज रिडी पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३५ करोडभन्दा बढीको सेयर बिक्री भएको नेप्सेले जनाएको छ । दोश्रो स्थानमा अपि पावर कम्पनीको १९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

    पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर, हिमालय उर्जा विकास र ग्रीन भेन्चर्समा करिब १० प्रतिशतले मूल्यवृद्धि भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ९ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

    कुल ८० कम्पनीमा मूल्य उकालो लागेको छ भने १२१ कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ । आज १३ उपसुचकमध्ये ३ कम्पनीबाहेक सबै उपसूचकमा ओरालो लागेको छ ।


    बुधवार, माघ ४ २०७९०३:४९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij