Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

इन्धनको मूल्य नघटाउने निगमको जिकिर : भन्छ, अझै यति ऋणमा छौं

इन्धनको मूल्य नघटाउने निगमको जिकिर : भन्छ, अझै यति ऋणमा छौं

  • बुधवार, माघ ४ २०७९

  • 761
    SHARES

  • इन्धनको मूल्य नघटाउने निगमको जिकिर : भन्छ, अझै यति ऋणमा छौं

    काठमाडौं । भारतबाट इन्धनको मुल्य घटेर आएपनि नेपालमा तत्काल नघट्ने भएको छ। नेपाल आयल निगमले ऋणको कारण देखाउँदै इन्धनको खुद्रा बिक्री मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको हो ।

    निगम व्यवस्थापनको बैठकले निगम सञ्चित नोक्सानी र ऋणमा रहेकाले इन्धनको खुद्रा मूल्य यथावत राख्ने निर्णय गरेको निगमले जनाएको छ।

    सोमबार भारतीय आयल कर्पोरेसनबाट निगमलाई पेट्रोलको मूल्य बढेर र डिजेलको मूल्य घटेर प्राप्त भएको थियो। नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको थियो भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको थियो ।

    निगमकाअनुसार कम्पनी अझै १७ अर्ब ३० करोड रुपैयाँ ऋणमा छ। हाल पेट्रोल प्रतिलिटरमा १७५ रुपैयाँ, डिजेल र मटितेल १७२ रुपैयाँ लिटर खुद्रा मूल्यमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्यासको एक सिलिण्डरको मूल्य १ हजा ८ सय रुपैयाँ छ ।


    बुधवार, माघ ४ २०७९०१:४२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij