Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

अन्तर्राष्ट्रिय जगतमा हवाइ सुरक्षाबारेको छबि धमिलिँदै, विमान टर्न हुँदा अनकन्ट्रोल (खासखबर)

अन्तर्राष्ट्रिय जगतमा हवाइ सुरक्षाबारेको छबि धमिलिँदै, विमान टर्न हुँदा अनकन्ट्रोल (खासखबर)

  • सोमवार, माघ २ २०७९

  • 292
    SHARES

  • अन्तर्राष्ट्रिय जगतमा हवाइ सुरक्षाबारेको छबि धमिलिँदै, विमान टर्न हुँदा अनकन्ट्रोल (खासखबर)

    काठमाडौं । आइतबार बिहान १०ः३२ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको यति एअरलाइन्सको विमान दुर्घटना मुलुकै ठूलो दुर्घटना भएको छ । यसअघि एकै घटनामा यतिधेरै यात्रुको मृत्यु भएको थिएन ।

    चारजना चालक दलका सदस्यसहित ६८ यात्रु बोकेर पोखरा विमानस्थलमा अवतरण हुनु १०/१२ सेकेण्ड अगाडि विमान दुर्घटना भएको थियो । दुर्घटनाको कारणबारे आधिकारिक पुष्टि नभएपनि हवाइ क्षेत्रका विज्ञ र जानकारहरुले जमिनको नजिकै पुगिसकेको विमानले टर्न लिन खोज्दा दुर्घटनाग्रस्त भएको हो । सिनियर पाइलट वाइके भट्टराईका अनुसार ब्यांक गर्दा जहाजको स्पीड बढेर दुर्घटना भएको देखिन्छ ।

    पूर्व विमान चालक केवी गुरुङका अनुसार मानवीय त्रुटीका कारण पनि यो विमान दुर्घटना भएको आंकलन गर्न सकिन्छ । गुरुङले पाइलट, विमानको खरिद मिति, मर्मतको अवस्थिति, यति एअरका सबै तहको छानबिन हुनुपर्नेमा जोड दिनुभएको छ ।

    हवाइ सुरक्षा विज्ञ एवं नेपाल नागरिक उडड्यन प्रधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीले भने विमानलाई टर्न दिँदा दुर्घटना भएको औँलयाउनुभएको छ । टर्न दिँदा गति सुस्त भएपछि विमान अनकन्ट्रोल भएको उहाँको बुझाइ छ । जमिनसँगको उचाइ नमिल्दा नमिल्दै दायाँतिर टर्न गरेको विमान अप्रत्याशित रुपमा दुर्घटनामा परेको हो ।

    नेपालको हवाइ इतिहासमा २०१२ सालदेखि यता १०४ दुर्घटना भइसकेका छन् । जसमा ८ सय ४९ जनाले मृत्युवरण गरेका छन् । कतिपय अंगभंग भएर बाँचेका छन् । करिब ८ महिनापछि भएको यो अर्को दुःखद घटनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको हवाइ सुरक्षाबारे नकारात्मक सन्देश गएको छ ।

    विश्वका प्रतिष्ठित सञ्चारमाध्यमले पनि नेपालको यो दुर्घटनालाई निकै ठूलो कभरेज गरेका थिए । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको छानबिन गर्न ५ सदस्यीय समिति पनि बनाएको छ यो समितिले सत्यतथ्य बाहिर ल्याएर यहाँको हवाइ सुरक्षालाई सहयोग गर्नेतर्फ केन्द्रीत हुन जरुरी छ । दुर्घटनाको बेला बन्ने समितिले पाइलटलाई मात्रै दोष देखाएर विमान सञ्चालक कम्पनीलाई उम्काउने भन्दापनि सिरियस भएर अनुसन्धान गर्न जरुरी रहेको छ ।

     


    सोमवार, माघ २ २०७९०७:१४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij