Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images
पोखरा विमान दुर्घटना

पोखरा विमान दुर्घटना : चार जनाको अवस्था अझै अज्ञात, खोजीमा जुट्यो सशस्त्रको गोताखोर टोली 

पोखरा विमान दुर्घटना : चार जनाको अवस्था अझै अज्ञात, खोजीमा जुट्यो सशस्त्रको गोताखोर टोली 

  • सोमवार, माघ २ २०७९

  • 459
    SHARES

  • पोखरा विमान दुर्घटना : चार जनाको अवस्था अझै अज्ञात, खोजीमा जुट्यो सशस्त्रको गोताखोर टोली 
    काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनास्थलमा सोमबार(आज) पनि खोजी र उद्धारको काम भइरहेको छ । विमानमा रहेका ७२ जनामध्ये अझै चार जनाको अवस्था थाहा हुन नसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । सेती नदीको अप्ठ्यारो खोँचमा विमान दुर्घटना भएकाले उद्धारमा समस्या भएको छ ।
     
    हिजो बेलुकी अबेरसम्म खोजी गर्दा पनि चार जनाको अवस्था थाहा हुन सकेको छैन । बाँकी ६८ जनाको शव हिजै फेला परेको थियो । रातको समयमा उद्धार गर्न नसकिएकाले आज बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ । उनीहरूको खोजीका लागि सशस्त्रको १५ जना गोताखोरको टोली खटिएको छ । 
     
    यस्तै पहिचान भएका पोखरा तथा आसपासका क्षेत्रका व्यक्तिका शव भने आज पोखराबाटै परिवार तथा आफन्तको जिम्मा लगाइने भएको छ । काठमाडौंका र विदेशी यात्रुका शव भने हेलिकप्टरमार्फत काठमाडौं ल्याएर परिवारलाई जिम्मा लगाउने तयारी गरिएको छ । 
     
    प्रहरीका अनुसार धेरैजसो शवहरू पहिचान गर्न नसकिने अवस्थामा छन् । अहिलेसम्म २५ जनाको शव सनाखत भएको छ । हिजो बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको विमान पोखरामा अवतरण गर्न ठिक्क परेको अवस्थामा अचानक खोँचमा ठोक्किएको हो ।
     
    विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना व्यक्ति रहेका थिए ।  विमानमा ४ जना चालक दलका सदस्यसहित ५७ जना नेपाली, पाँच जना भारतका, चार जना रुसका, दुई जना दक्षिण कोरियाका तथा आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक/एक जना यात्रु रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 
     


    सोमवार, माघ २ २०७९०७:२९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij