Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images
पोखरा विमान दुर्घटना

आज देशभर शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

आज देशभर शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

  • सोमवार, माघ २ २०७९

  • 684
    SHARES

  • आज देशभर शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
    काठमाडौं । कास्कीको पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकको घडीमा सोमबार(आज) राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ ।
     
    विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
     
    विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले सोमवार मनाउने तयारी गरेको २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
     
    आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र ४ चालक दलका सदस्यसहित उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । 


    सोमवार, माघ २ २०७९०६:१०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij