Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images
पोखरा विमान दुर्घटना

हवाई दुर्घटनाको संख्या १ सय ४ पुग्यो, जाँचबुझका लागि आयोग बनेपनि कार्यान्वयन फितलो (खासखबर)

हवाई दुर्घटनाको संख्या १ सय ४ पुग्यो, जाँचबुझका लागि आयोग बनेपनि कार्यान्वयन फितलो (खासखबर)

  • आइतवार, माघ १ २०७९

  • 452
    SHARES

  • हवाई दुर्घटनाको संख्या १ सय ४ पुग्यो, जाँचबुझका लागि आयोग बनेपनि कार्यान्वयन फितलो (खासखबर)

    काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडान भरेको यति एअरलाइन्सको विमान आज दुर्घटनाग्रस्त बन्यो । ७२ जना सवार विमान आज विहान पोखराको सेती खोंचमा दुर्घटनामा परेको हो । काठमाडौंबाट विहान १०ः३२ बजे चालक दलका ४ जनासहित ६८ जना यात्रु लिएर उडेको विमानमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए । स्थानीय प्रत्यक्षदर्शीले पोखरामा ल्याण्डिङ हुँदै गरेको विमान आकाशमै हल्लिएर आइरहेको देखेका थिए । विमान आफ्नो रुटबाट अलग्गै बाटो तर्फ उडिरहेको थियो ।

    विमान दुर्घटना भएको केही समय लगत्तै मन्त्रिपरिषद्को बैठक पनि बसेको थियो । बैठकले राष्ट्रिय भण्डा आधा झुकाउनेसहित भोलि सार्वजनिक बिदा दिएको अर्थमन्त्री एवं सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

    नेपालको हवाई उड्ययन इतिहासमा आज पोखरामा भएको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १ सय ४ पुगेको छ । २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणको ’एभीएसन सेफ्टी रिपोर्ट’ अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५० औं दुर्घटना हो । त्यस्तै नेपालमा हालसम्म एक इन्जिनयुक्त आठ वटा विमान दुर्घटना भएका छन् भने हेलिकप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवासमेत गरी नेपालमा हालसम्म १ सय ४ वटा दुर्घटना भइसकेका छन् । पोखरा दुर्घटनाबाहेक हालसम्म यी हवाई दुर्घटनामा ८ सय ४९ जनाको मृत्यु भइसकेको छ । जसमा आन्तरिकतर्फ ३ सय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ ३ सय ७५ गरी गरी जम्मा ८ सय ४९ को मृत्यु भइसकेको छ । नेपाल नागरिक उडड्यन प्रधिकरणका पूर्व महानिर्देशक एवं हवाई सुरक्षा जानकार राजकुमार क्षेत्रीका अनुसार दुर्घटना भएको जहाज १५ वर्ष पूरा भइसकेको र यस्तो जहाज नेपालमा उडान गर्नै नमिल्ने नियम छ । जहाजको मर्मत सम्भारमा समेत समय तोकिएको उहाँको भनाइ छ ।

    दुर्घटना भव्यतव्यमा पनि हुने गरेको बताउँदै क्षेत्रीले नेपालमा पहाडैपहाड र मौसममा छिनछिनमा आउने परिवर्तनले समेत असर गरिरहेको बताउनुभयो ।

    आइतबारको मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनाको जाँचबुझका लागि ५ सदस्यीय आयोग बनाएको छ भने अन्तरिक उडान गर्ने सम्पूर्ण विमानको प्राविधिक परीक्षण अनिर्वाय गर्न निर्देशन पनि दिएको छ । विगतमा पनि हरेक दुर्घटनापछि जाँचबुझ आयोग बन्ने गरेको छ, प्रतिवेदन समेत तयार गरिन्छ, तर दुर्घटनाको क्रम रोकिएको छैन । एटीआर जहाज, नेपालमा सबैभन्दा सुरक्षित मानिन्छ । नेपालमा बुद्ध एयरसँग सबभन्दा धेरै १४ वटा र यति एयरलाइन्ससँग ६ वटा एटीआर जहाज छन् । यो एटीआर ७२–५०० विमान थियो । तर आइतबार त्यही जहाज दुर्घटनामा परेकोले हवाई सुरक्षामा पनि प्रश्न तेर्सिएको छ । दुर्घटनामा परी दिवंगत भएका सबै यात्रुहरुप्रति नेपाली रेडियो नेटवर्क हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ ।


    आइतवार, माघ १ २०७९०७:५५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij