Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images
पोखरा विमान दुर्घटना

पोखरा विमान दुर्घटनाः उद्धारका लागि कुरिनटारबाट सशस्त्रको ‘रोप रेस्क्यु’ टोली पोखरामा

पोखरा विमान दुर्घटनाः उद्धारका लागि कुरिनटारबाट सशस्त्रको ‘रोप रेस्क्यु’ टोली पोखरामा

  • आइतवार, माघ १ २०७९

  • 502
    SHARES

  • पोखरा विमान दुर्घटनाः उद्धारका लागि कुरिनटारबाट सशस्त्रको ‘रोप रेस्क्यु’ टोली पोखरामा

    काठमाडौं । पोखरामा भएको यती एअरको विमान दुर्घटनाको उद्धारका लागि सशस्त्र प्रहरी बलको तालिम प्राप्त टोली पोखरातर्फ लागेको छ।

    उद्धारका लागि सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा १५ जनाको टोली पोखरा गएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।

    उहाँका अनुसार गोताखोर र रोप रेस्क्युको गरी १५ जनाको टोली पोखरा पठाइएको छ। दिउँसो २ बजे रेस्क्यु टोली पोखरा गएको हो।

    अहिलेसम्म ६८ जनाको शव निकालिसकिएको छ। बाँकी ४ वटा शव फेला पर्न सकेका छैनन्। उद्धार गर्नुपर्ने ठाउँ कठिन भएकाले रोप रेस्क्युको टोली पठाइएको हो।

    काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एन ९–एएनसी एटीआर–७२ को जहाज पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए।


    आइतवार, माघ १ २०७९०५:४९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij