काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।
आज पोखरामा भएको दुखद विमान दुर्घटनालगत्तै बसेको आकस्मिक मन्त्री परिषदको बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको हो ।
यसको अनुगमन भने नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । पोखरामा आज यति एयरलाइन्सको विमान दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ ।