Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशको सभामुखमा माओवादीका धिताल निर्वाचित

गण्डकी प्रदेशको सभामुखमा माओवादीका धिताल निर्वाचित

  • शनिवार, पौष ३० २०७९

  • 642
    SHARES

  • गण्डकी प्रदेशको सभामुखमा माओवादीका धिताल निर्वाचित
    काठमाडौं । गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित हुनुभएको छ । शनिबार(आज) बसेको प्रदेशसभा बैठकमा धिताल ३२ संसद्ले मतसहित सभामुखमा  निर्वाचित हुनुभएको हो । सभामा ५८ संसद् उपस्थित थिए । एमालेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभा सञ्चालन गर्नुभएको थियो । 
     
    धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि मतदान गरेपछि ३२ संसद्को मत सहित सभामुखमा निर्वाचित हुनुभएको हो । बैठकको सुरूमै सांसद फणीन्द्र देवकोटाले धिताललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने अर्का सांसद रोशन गाह्रा मगरले सो प्रस्तावमा समर्थन गरेका थिए ।
     
    सभामुखमा कांग्रेसबाट सरस्वती अर्याल तिवारीको उम्मेदवारी दिनुभएको थियो ।  तर, उहाँको उम्मेदवारमाथि मत विभाजन हुनै परेन  ।  धिताललाई  एमालेका २२, माओवादीका ८, राप्रपाका दुई र एक स्वतन्त्र सांसद मनाङेले मतदान गर्नुभएको हो । हिजो मुख्यमन्त्री खगराज अधिकारीले ३१ सांसदको  विश्वासको मत पाउनुभएको थियो ।
     


    शनिवार, पौष ३० २०७९०४:२५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij