Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सन्दीपलाई नेपाली क्रिकेट टीममा पूर्ववत रुपमै भित्र्याउनुपर्ने अधिवक्ता घिमिरेको जिकीर, क्याप्टेन हुने सम्भावना कति ? (खासखबर)

सन्दीपलाई नेपाली क्रिकेट टीममा पूर्ववत रुपमै भित्र्याउनुपर्ने अधिवक्ता घिमिरेको जिकीर, क्याप्टेन हुने सम्भावना कति ? (खासखबर)

  • शुक्रवार, पौष २९ २०७९

  • 549
    SHARES

  • सन्दीपलाई नेपाली क्रिकेट टीममा पूर्ववत रुपमै भित्र्याउनुपर्ने अधिवक्ता घिमिरेको जिकीर, क्याप्टेन हुने सम्भावना कति ? (खासखबर)

    काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने ९९ दिनको कारागार बसाईपछि आज रिहा भएका छन् । नाबालिगमाथि बलात्कारको आरोप लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका हुन् । उनको मुद्धा भने कायम रहेको छ । आगामी पेशी माघ ९ गते तोकिएको छ । सन्दीपका वकिल एवम् अधिवक्ता सरोज कुमार घिमिरेले सन्दीपको रिहाइसँगै अब पूर्ववत रुपमा क्रिकेट टीममा फर्काउनुपर्ने बताउनुभएको छ । सन्दीपको अनुपस्थितिमा क्रिकेट धरासायी बन्दै गएको भन्दै उहाँले क्याप्टेनकै रुपमा उनलाई भित्र्याउनुपर्ने दाबी गर्नुभयो ।

    सन्दीप लामिछानेको रिहाइपछि खुसी भएको बताएको नेपाली क्रिकेट संघ क्यानले भने उनलाई पूर्ववत रुपमा फर्काउन नमिल्ने बताएको छ । उनी आफ्नै कमजोरीका कारण यो परिबन्धमा परेको बताउँदै क्रिकेट संघ क्यानका महासचिव प्रशान्त मल्लले क्याप्टेनमा भित्र्याउन नमिल्ने तर्क गर्नुभयो । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उहाँले कप्तानमा रोहित पौडेल नियुक्त भइसकेकोले सन्दीप खेलाडीका रुपमा मात्रै टीममा प्रवेश पाउने बताउनुभयो ।

    महासचिव मल्लले सन्दीपको अनुपस्थितिकै कारण नेपालको क्रिकेट कमजोर नभएको दाबी गर्नुभयो । खेलमा हारजित भन्ने सामान्य रहेको भन्दै सन्दीपकै कारण बितिहाल्यो भन्नु गलत रहेको उहाँको भनाइ छ । लिग स्पिनरमा सन्दीप नभएकै कारण केही समस्या आएको उहाँले स्वीकार गर्नुभयो ।

    नेपालको मात्रै होइन, सिंगो अन्तर्राष्ट्रिय जगतमा आफ्नो चर्चा बनाइसकेका लामिछानेको बलात्कार घटनाले उनको करिअरलाई पनि खुम्चयाएको बहस शुरु भएको बेला क्यानले पनि पूर्ववत रुपमा फर्काउन नसकिने बताएको छ । सन्दीपका शुभेच्छुकहरु क्याप्टेनकै रुपमा हेर्न चाहान्छन् भने खेल जगतलाई माया गर्नेहरु उनको खेल चाहान्छन् । मुद्धा चलिरहेकै अवस्थामा सन्दीपले कस्तो निर्णय लिन्छन् त्यो भने हेर्न बाँकी छ ।

     

     


    शुक्रवार, पौष २९ २०७९०८:०२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij