Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध १ करोडको भ्रष्टाचार मुद्दा दायर

भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध १ करोडको भ्रष्टाचार मुद्दा दायर

  • शुक्रवार, पौष २९ २०७९

  • 402
    SHARES

  • भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध १ करोडको भ्रष्टाचार मुद्दा दायर
    काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध १ करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
     
    अख्तियारले पोखरेलविरुद्ध १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ ९२ पैसा बिगो कायम गरेर शुक्रबार विशेषमा मुद्दा दायर गरेको हो । अख्तियारले अकुत सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पोखरेलकी पत्नी विमला न्यौपाने पोखरेलाई पनि प्रतिवादी बनाएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र सुकेधारामा निमित्त प्रमुख रहँदा अख्तियारले पोखरेलमाथि अनुसन्धान थालेको थियो । त्यसपछि पोखरेल सरुवा भएर भूमि आयोगमा पुगेका थिए । हाल आयोगमै कार्यरत रहेका बेला उनीविरुद्ध अकुत सम्पत्ति आर्जनको कसुरमा अख्तियारले मुद्दा दायर गरेको हो ।
     
    अख्तियारले पोखरेल सरकारी सेवामा प्रवेश गरेको मिति २०४६ असारदेखि २०७८ फागुन १५ को अवधिमा उनी र परिवारका नाममा रहेको चलअचल सम्पत्तिमाथि अनुसन्धान गरेको थियो ।
     
    अख्तियारले पोखरेलका नाममा रहेको सम्पत्ति र खर्च तथा लगानी, सोही अवधिको आयहरूको जाँच अवधिमा उनको पारिश्रमिक बचत, विभिन्न भत्ता तथा पुरस्कार, घरजग्गा बिक्री, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषबाट लिएको कर्जा आय, घर बहाल आय, बीमा, विदेशबाट पठाएको रेमिट्यान्स, मोटरसाइकल बिक्री, शेयर बिक्रीबाट प्राप्त रकम र कृषि आयसमेतमा अनुसन्धान गरेको थियो ।
     
    अनुसन्धानका क्रममा अख्तियारले ४ करोड ३७ लाख ८८ हजार ४ सय २ दश पैसा बराबरको चलअचल सम्पत्ति फेला पारेकोमा ३ करोड ३१ लाख ५५ हजार ६२ रुपैयाँ १९ पैसाको मात्रै स्रोत खुलेको र स्रोत नखुलेकोलाई बिगो कायम गरी आरोपित विरुद्ध अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
     
    ‘आयभन्दा बढी भागको स्रोत खुल्न नसकेको हुँदा निज गणेश प्रसाद पोखरेलले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ ९२ पैसा बिगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम सजाय मागदावी गरिएको छ ।’ ऐनको उक्त दफाको उपदफा १ मा भनिएको छ, ‘गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको मानिनी रुपमा सम्पत्ति आर्जन गरेको मानिनी रुपमा सम्पत्ति आर्जन गरेको मानिनी रुपमा सम्पत्ति आर्जन गरेको मानिने ।’ उक्त उपदफामा सार्वजनिक पद धारण गरेको मानिने राष्ट्रसेवकले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिन आएमा वा निजले मनासिब कारण बिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेमा वा आफ्नो हैसियतभन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भएमा त्यस्तो सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको निजले प्रमाणित गर्नु पर्नेछ उल्लेख गरिएको छ । ‘त्यस्तो सम्पत्तिको स्रोत पुष्टि नभएमा गैरकानुनी रूपमा आर्जन गरेको मानिने’ भनिएको छ । उक्त दफा विपरीत सम्पत्ति आर्जन गरेको प्रमाणित भएमा त्यसरी आर्जन गरेको सम्पत्तिको बिगो अनुसार दुई वर्षसम्म कैद र बिगो बमोजिम जरिबाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्ति समेत जफत हुने उल्लेख छ ।
     
    पोखरेलले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति श्रीमती विमला न्यौपाने पोखरेलको नाममा हाल कायम रहेकोले सम्पत्ति जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ । आरोपित पोखरेलले विमलाका नाममा राखेका घरजग्गा, शेयर खरिद तथा बैंक खाताहरूमा मौज्दात रकम पनि जफत गर्नुपर्ने मागदावी लिएको छ ।


    शुक्रवार, पौष २९ २०७९०५:५३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij