Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भूमि आयोगमा कार्यरत शाखा अधिकृतविरुद्ध १ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

भूमि आयोगमा कार्यरत शाखा अधिकृतविरुद्ध १ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

  • शुक्रवार, पौष २९ २०७९

  • 548
    SHARES

  • भूमि आयोगमा कार्यरत शाखा अधिकृतविरुद्ध १ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगमा कार्यरत शाखा अधिकृत गणेश प्रसाद पोखरेलविरुद्ध १ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चाबहिलमा निमित्त कार्यालय प्रमुखको रूपमा कार्यरत रहँदा पोखरेलले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।

    यससम्बन्धमा अनुसन्धान गर्दा उनले आर्जन गरेको १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रूपैंया ९२ पैसाको स्रोत खुल्न नसकेको अख्तियारको निष्कर्ष छ ।

    सोहीअनुसार बिगो १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रूपैंया ९२ पैसा कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।


    शुक्रवार, पौष २९ २०७९०२:३२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij