Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘कुलमानको पक्षमा हरेक साँझ ८ बजे बत्ती निभाऔं’

‘कुलमानको पक्षमा हरेक साँझ ८ बजे बत्ती निभाऔं’

  • सोमवार, भाद्र २९ २०७७

  • 1.4K
    SHARES

  • ‘कुलमानको पक्षमा हरेक साँझ ८ बजे बत्ती निभाऔं’

    काठमाडौं । कलाकार दीपकराज गिरीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको निरन्तरताका लागि सरकारलाई दबाव दिन आमसर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उहाँले फेकबुकमार्फत आज यस्तो आग्रह गर्नुभएको हो ।

    कलाकार गिरीले कुलमानको पुर्ननियुक्तिको जनदबाव सिर्जना गर्न सबैले हरेक साँझ ८ बजे पाँच मिनेटका लागि बत्ती निभाउन आग्रह गर्नुभएको छ ।

    ‘आदरणीय साथीहरू, कुलमानजीको पुर्ननियुक्तिका लागि जनदबावस्वरूप आजबाट हरेक साँझ ८ बजे पाँच मिनेट बत्ती निभाएर ऐक्यवद्धता प्रकट गरौ’, उहाँले लेख्नुभएको छ ।

    यसैबीच, आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ५ बजे बस्ने बैठक नियमित भए पनि केही महत्वपूर्ण नियुक्ति र सिफारिस हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिलगायतका महत्वपूर्ण विषयमा निर्णय हुनसक्ने स्रोतले जनाएको छ ।

    कुलमानको चार वर्षे कार्यकाल आइतबार मात्र सकिएको छ । त्यसैले, उहाँकै निरन्तरता हुन्छ–हुँदैन भन्ने विषयमा आम मानिसलाई चासो छ ।

    कुलमान दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि छ । तर, अहिलेसम्म मन्त्रिपरिषदमा उहाँलाई दोहो¥याउने गरी प्रस्ताव पुगेको छैन ।

    सरकारले कुलमानलाई नदोहो¥याउने इच्छा गरे पनि जनस्तरबाट दोहो¥याउन दबाव छ । त्यसलाई दीपकराज गिरीलगायत धेरै कलाकारले पनि साथ दिएका छन् । दबावका कारण कुलमान दोहोरिने सम्भावना प्रवल रहेको स्रोत बताउँछ ।

    Capture.PNG

     


    सोमवार, भाद्र २९ २०७७१२:५९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij