काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ ।
बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुग्नुभएको हो ।
प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुग्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको तयारीमा हुनुहुन्छ ।